आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाद्वारा उर्जा र सार्वजनिक प्रशासनको व्यवस्थाबारे अध्ययन गर्न कार्यदल गठन

शुक्रबार, १९ असोज २०८०, २१ : १६
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका  व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यदलमा पूर्वसचिव शारदाप्रसाद त्रिताल, पूर्वसचिव पूर्णचन्द्र भट्टराई र पूर्वसहसचिव भागवत खनाल, पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र  पूर्व प्रशासक लिलाराज ढकाल रहेका छन् ।

बैठकले नेपालको उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गर्न अर्को कार्यदल पनि गठन गरेको छ । कार्यदलमा उर्जा तथा भूमिगत संरचना विज्ञ ई.श्रीराम न्यौपानेको संयोजकत्वमा नेपाल सरकारका पूर्व सचिव समेत रहेका उर्जा विज्ञ देबेन्द्र कार्की र ऊर्जा विज्ञ डा.सरोज अधिकारी सदस्य रहेका छन् । 

त्यस्तै पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने निर्णय समेत बैठकले गरेको रास्वपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप