आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयक संशोधनका लागि महासंघले थाल्यो पक्षीकरण

शुक्रबार, १९ असोज २०८०, २२ : ०३
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू सम्बोधनको लागि नेपाल शिक्षक महासंघले लबिङ तथा पक्षीकरण थालेको छ। संसदमा दर्ता भएर छलफलमा रहेको विधेयकमा सरकारसँग गरिएको सम्झौता अनुसार संशोधनका लागि महासंघले लबिङ थालेको हो । 

संसदमा रहेका दलका प्रमुख सचेतकहरू,सचेतकहरू लगायतका सरोकारवालालाई सरकारसँग गरेको सहमतिबारे जानकारी गराउन थालेको हो । विधेयकमा शिक्षक कर्मचारीका माग मुद्दा र विगतमा भएका सहमति लागू हुनेगरी शिक्षा विधेयकमा संशोधन गर्ने प्रबन्ध गर्न निरन्तर भेटघाट र पक्षीकरण चलिरहेको महासंघ महासचिव लक्ष्मी किशोर सुवेदीले बताए। 

भेटघाटको क्रममा शुक्रबार नेपाली कांग्रेस संसदीय दलका  प्रमुख सचेतक रमेश लेखक र  नेकपा समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीसँग भेट गरिएको उनको भनाइ छ।

भेटको क्रममा विधेयकमा दफावार रूपमा हाल्नुपर्ने संशोधन र त्यसका सैद्धान्तिक पक्षका सम्बन्धमा गम्भीर छलफल तथा पक्षीकरण गरिएको महासचिव सुवेदीले बताए।

यसअघि शिक्षामन्त्री अशोक राई, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी, नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायतसँग भेटघाट गरेको थियो ।

उनीहरूसँग समेत दफाबार रूपमा हाल्नुपर्ने संशोधन र त्यसका शैद्वान्तिक पक्षका विषयमा छलफल भएको थियो। 

शिक्षा मन्त्रालयले महासंघसँग र अन्य शिक्षक संघ संगठनहरूसँग ११ बुदे सहमति गरेको छ । ती सहमति अनुसार नै संसदमा छलफलमा रहेको विधेयकमा संशोधन गर्न लागिएको हो। त्यसैका लागि महासंघले लबिङ तथा छलफलको क्रमलाई तिव्रता दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप