आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

शुक्रबार, १९ असोज २०८०, २२ : ०७
शुक्रबार, १९ असोज २०८०

हैदराबाद । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले नेदरल्याण्ड्सलाई हराउँदै विजयी सुरुवात गरेको छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ४१ ओभरमा सबै विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले ६७ रनको योगदान दिए पनि जीतका लागि पर्याप्त भएन ।

ओपनर विक्रमजीत सिंहले ५२ रनको योगदान दिए भने लोगन भान विकले २८ रन बनाए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा हसन अलीले २ विकेट लिए ।

यसअघि पाकिस्तानले ४९ ओभरमा २ सय ८६ रन बनाएको थियो । पाकिस्तानका लागि प्लेयर अफ द म्यान घोषित साउद शकिलले ५२ बलमा ६८ रनको विस्फोटक पाली खेले ।

उनलाई मोहम्मद रिजवानले समान ६८ रन बनाउँदै राम्रो साथ दिए । मोहम्मद नवाजले ३९ तथा शहदाब खानले ३२ रन बनाए । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले ४ तथा कोलिन एकरम्यानले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप