भर्जिनियामा नेपाली समुदायसँग उपेन्द्र यादवको अन्तरक्रिया
शनिबार, २० असोज २०८०, ०९ : ३५
अमेरिका । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् ।
एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका पुगेका यादवले भर्जिनियामा आज अन्तरक्रिया गर्न लागेको पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
भर्जिनियामा रहेका नेपालीहरू अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बताइएको छ । यस अघि यादवले न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम गरेका थिए । यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।