आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चर्चित गीत ‘घाम जस्तो जुन हुँदैन’ नयाँ भर्सनमा

शनिबार, २० असोज २०८०, १० : ३९
शनिबार, २० असोज २०८०

काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा आएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको यो गीतलाई नयाँ पुस्ताका कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा आएको हो ।

गीतको संगीत संयोजक भने  पहिलेकै विनोद बाजुरालीले गरेका हुन् । डा.सिबा सुवेदीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकार डिबी खड्काले गरेका छन् । 

सनम कठायत र सरिता ढुंगानाको अभिनय रहेको भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर प्रविन भट्ट रहेका छन् । आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पु¥याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार सुवेदीले बताए ।

उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो । पूरा भएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप