आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको मजदुर विशेष जिल्ला समिति पुनर्गठन आज

शनिबार, २० असोज २०८०, ११ : १५
शनिबार, २० असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मजदुर जिल्ला समिति पुनर्गठन गरिने भएको छ । नेवाः समिति मातहत रहने गरी काठमाडौँ उपत्यकामा कार्यरत मजदुरहरू आबद्ध हुन सक्ने गरी मजदुर विशेष जिल्ला समिति बनाइएको छ । 

 काठमाडौँको ढल्कोमा रहेको काठमाडौँ जिल्ला पार्टी कार्यालयमा आज मजदुर विशेष जिल्ला समिति घोषणा हुन लागेको हो । जसपाले मजदुरको संगठनलाई विशेष जिल्लाको मान्यता दिएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वा, बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठ, प्रचार विभाग प्रमुख पूर्ण बस्नेतलगायतका नेताहरूको सहभागितामा समिति घोषणा गर्न लागिएको समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप