आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड

शनिबार, २० असोज २०८०, ११ : २०
शनिबार, २० असोज २०८०

काठमाडौँ । 'दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।

एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्वारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्ड चाबहिलको सभा हलमा सम्पन्न भएको हो । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।

स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्म्स अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लिद्वारा सम्मानित भइसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप