आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शाकिब र मिराजको बलिङसामु १ सय ५६ रनमा समेटियो अफगानिस्तान

शनिबार, २० असोज २०८०, १३ : ४७
शनिबार, २० असोज २०८०

धर्मशाला । एकदिवसीय विश्वकपको पहिलो खेलमा अफगानिस्तान बंगलादेशविरुद्ध मात्र १ सय ५६ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान मात्र ३७।२ ओभरमा अलआउट बनेको हो ।

अफगानिस्तानलाई सस्तोमा समेट्न बंगलादेशका कप्तान शाकिब अल हसन र मेहदी हसन मिराजले ३–३ विकेट लिए । शाकिबले ८ ओभरमा ३० रन खर्चिए भने मिराजले ९ ओभरमा ३ मेडन राख्दै मात्र २५ रन दिए । शोरिफूल इस्लामले २ विकेट लिए ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । उनलाई अर्का ओपनर इब्राहिम जाडरानले २२ रन बनाउँदै राम्रो साथ दिए । दुई जनाले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरे पनि अफगानिस्तानले त्यसपछि लगातार विकेट गुमाउँदै गयो ।

मध्यक्रममा अजमातुल्लाह ओमारजाईले २२ रन बनाएपनि अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप