राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको अलग अलग भेटवार्ता
शनिबार, २० असोज २०८०, १९ : ००
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले भेटवार्ता गरेका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले शनिवार साँझ शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफनो दुबै भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए । उनका अनुसार सो भेटमा मुलुकको अहिलेका समसामयिक विषयमा पनि छफलफल भएको थियो ।
यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजै भेट गरी समसामयिक विषयमा छलफल गर्नुभएको पनि पोखरेलले बताए ।