आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा निकै त्रासको अवस्था छ : एनआरएनए पूर्वअध्यक्ष गिरी

शनिबार, २० असोज २०८०, २० : २१
शनिबार, २० असोज २०८०

काठमाडौँ । इजरायलमा लगातारको आक्रमणका कारण नेपाली समुदाय निकै त्रसित बनेको छ । त्यसमा पनि केही नेपाली घाइते भएको घटनाले थप त्रास पैदा भएको छ । इजरायलस्थित नेपाली दूतावासले सचेत र सुरक्षित भएर बस्न समेत अनुरोध गरेको छ ।

आतंककारी हमलाका कारण १७ नेपाली बन्धक बनेका छन् । इजरायली एक बंकरभित्र १७ जना नेपाली विद्यार्थी बन्धक बनेका हुन् । उनीहरुलाई आतंककारीहरुले बन्धक बनाएर राखेको गैरआवासीय नेपाली संघ इजरायलका पूर्वअध्यक्ष गणेश गिरीले बताए । 

सीमा क्षेत्रमा रहेको नीतिबोद भन्ने ठाउँमा रहेको किभुज (एकीकृत बस्ती) मा आतंककारीहरुले उनीहरुलाई बंकरभित्र बन्धक बनाएको बताए ।  कृषि विषय अध्ययनका लागि त्यहाँ पुगेका १७ जना मध्ये १३ जना नेपाली घाइते भएको उनको भनाई छ । यसअघि ७ जना घाइते भएको भन्ने थियो । अहिले त्यो संख्या बढेर १३ गतेको उनको भनाई छ । 

‘आतंककारीले कब्जामा लिएको क्षेत्रमा आर्मी जान सकेको छैन् । त्यो बंकरमा १७ जना नेपाली विद्यार्थी परेका रहेका छन् । उनीहरुसँग गरिएको फोन सम्पर्कमा १३ जना नेपाली घाइते भए भन्ने छ’ उनले रातोपार्टीसँगको कुराकानीमा भने ।  

सुरुमा त्यो क्षेत्रमा एउटा किभुज (एकीकृत बस्ती) कब्जा गरेको थियो । पछि अर्को बस्तीमा समेत आतंककारीहरु घुसेको इजरायली सेनाले जनाएको उनको भनाई छ ।  ती विद्यार्थी नेपालबाट सिटीईभीटी अन्तर्गत ‘लर्न एण्ड अर्न प्रोजेक्ट’ मार्फत इजरायल पुगेका थिए । त्यही क्रममा उनीहर आतंककारीको कब्जामा परेको उनको भनाइ छ । 

त्यो बस्तीमा इजरायली सेना अहिलेसम्म प्रवेश गर्न नसकेको यसको यकिन विवरण भने आउन नसकेको बताए ।  ‘त्यसको कुनै डाटा आएको छैन् । आर्मी त्यहाँ जानै सकेको अवस्था छैन् । जसले गर्दा कति के भन्ने यकिन हुन सकेको छैन् । फोनमा सम्पर्क भएको आधारमा केही जानकारी आएको हो । नत्र यकिन छैन् ।’ उनले भने । 

अन्य ठाउँमा रकेट आक्रमण भइरहेको छ । बिहानदेखि अहिलेसम्म २५०० रकेट आक्रमण भइरहेको उनको भनाइ छ । तर, ति सबै रकेट आक्रमण इजरायली प्रतिरक्षा प्रणालीले आकाशमै फ्युज गरिदिएका छन् । विगतमा समेत रकेट आक्रमण हुने गरेको थियो । तर, यो पटक भने आतंककारी जमिनबाट समेत आएकाले बढी जोखिम भएको उनको भनाइ छ ।  

‘अहिले जमिनबाटै आएका आंककारीहरुले अन्धाधुन्ध आक्रमण गर्दा धेरै मरेका हुन्’ उनले भने । इजरायलको प्रशासनले मृत्यु भएका र घाइते भएकाहरु राखिएको १५ अस्पतालको विवरण सार्वजनिक गरेको थियो । जसमा केही जानकारी लिनुपरेको खण्डमा सम्पर्क गर्न तर, अस्पताल नआउन भनिएको छ ।  

देशभर कर्फ्यू लागे जस्तै भएको उनको भनाई छ । ‘बाहिर जान सकिने अवस्था छैन् । पहिला त रकेट मात्रै आक्रमण हुन्थ्यो । अहिले त आतंकवादी नै घुसेका छन् । जसले गर्दा बढी डर भइरहेको छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप