आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको रेकर्ड तोड्दै बेलिङह्याम

आइतबार, २१ असोज २०८०, ०९ : २३
आइतबार, २१ असोज २०८०

मड्रिड । जुड बेलिङह्यामले रियल मड्रिडको करियरमा आफ्नो उत्कृष्ट सुरुवातलाई कायम राख्दै शनिबार ओसासुनालाई हराउने क्रममा दुई गोल गर्न सफल भएका छन् । योसँगै २० वर्षीय खेलाडीले रियलका लागि सबै प्रतियोगिताका १० खेलमा १० गोल गर्न सफल भएका हुन् ।

गोलडटकमका अनुसार बेलिङह्यामले सुरुवाती १० खेलमा क्रिस्टियानो रोनाल्डोले रियलका लागि गोलमा गरेको योगदानको रेकर्ड पनि तोडेका छन् । बेलिङह्यामले १० खेलमा रियलका लागि गोलमा १३ वटा योगदान दिएका छन् । पोर्चुगिज महान् खेलाडीले भने यति नै खेलमा ११ वटा गोलका लागि योगदान दिएका थिए ।

खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका बेलिङह्यामले ५४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । ६५ औँ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे भने ७० औँ मिनेटमा जोसेलुले अर्को गोल थप्दै रियललाई सहज जित दिलाए । खेलको अन्त्यतिर जोसेलुले पेनाल्टीबाट गोल गर्ने अवसरबाट चुकेका थिए ।
जीतसँगै रियल ९ खेलबाट २४ अंकसहित स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । शनिबार नै भएको अन्य खेलमा जिरोनाले क्याडिजलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । जिरोनाको २२ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप