आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिरु गोलकिपर बन्दा मिलान शीर्ष स्थानमा

आइतबार, २१ असोज २०८०, ०९ : ४०
आइतबार, २१ असोज २०८०

मिलान । अन्तिम सात मिनेट १० खेलाडीमा सीमित बनेको एसी मिलानले जेनोआलाई हराउँदै इटालियन सिरिए ए को शीर्ष स्थानमा उक्लिएको छ । खेलको अन्त्यमा स्ट्राइकर ओलिभिए जिरुलाई गोलकिपर बनाउन बाध्य बने पनि मिलानले जेनोआलाई १–० गोलले हराएको थियो ।

इन्जुरी समयमा गोलकिपर माइक माइग्नानले रातो कार्ड पाएका थिए । तर, मिलानसँग सब्सटिच्युट बाँकी नभएपछि स्ट्राइकर जिरुले गोलपोस्टको जिम्मा सम्हाल्न बाध्य भएका थिए । माइग्नानले बक्स बाहिर फल हानेपछि सिधै रातो कार्ड पाएका थिए । तर, जिरुले खेलको अन्त्यतिर विपक्षी टोलीको प्रहारलाई उत्कृष्ट बचाऊ गर्दै टोलीलाई जीत दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।

खेलको ११३ औँ मिनेटमा जेनोआका गोलकिपर जोसेप मार्टिनेजले पनि दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । यसअघि, क्रिस्चियन पुलिसिचले खेलको ८७ औँ मिनेटमा मिलानका लागि निर्णायक गोल गरेका थिए । 
शनिबारकै खेलमा इन्टर मिलान र बोलोन्यासँग २–२ को बराबरी खेलेपछि मिलान शीर्ष स्थानमा उक्लने मौका पायो । ८ खेलपछि मिलानको २१ अङ्क रहेको छ भने इन्टरको १९ अङ्क छ । उता, युभेन्टसले टोरिनोलाई २–० ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको १७ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप