आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली गायिका मेनुका पौडेललाई ‘इन्डियन आइडल’मा गोल्डेन माइक

आइतबार, २१ असोज २०८०, १२ : ३५
आइतबार, २१ असोज २०८०

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा  ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी टप १५ मा सेलेक्ट भएकी छन् ।

मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिएकी थिइन् । अडिसनमा उनले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।

‘शो’ का निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए ।  झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।

 

उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप