आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सम्बोधन

इजरायल आक्रमणबारे परराष्ट्रमन्त्री साउदले संसदलाई जानकारी गराउने

आइतबार, २१ असोज २०८०, १३ : ०८
आइतबार, २१ असोज २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको आक्रमणका विषयमा संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ । इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।

इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप