एमाले अध्यक्ष ओलीद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण
आइतबार, २१ असोज २०८०, १३ : ३३
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका अध्यक्ष ओलीले कञ्चनपुरको पुनर्वासमा निर्माण गरिएको सहीद गौतमको शालिकमा माल्यार्पण गरेका हुन् ।
२०७३ फागुन १३ गते कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको थियो ।