आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४ जना मृत अवस्थामा फेला

आइतबार, २१ असोज २०८०, १३ : ३७
आइतबार, २१ असोज २०८०

काठमाडौं । विभिन्न स्थनमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर, वर्ष ५२, नाम दुज बहादुर पैजा बताई मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी जुम्लाको चन्दननाथ नगरपालिका-३ डाडाकोट बस्ने ४५ वर्षीय कासिराम सार्की पनि सोही ठाउँस्थित ढिमीचौर नजिकैको जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । जंगलमा घाँस काट्न जाने क्रममा चर्पी जान्छु भनी गएकोमा अबेरसम्म नफर्किएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

अछामको मंगलसेन नगरपालिका-१३ सालपाटा बस्ने ५८ वर्षीय दिपक थयात खड्का सोही ठाउँस्थित तितेपातीको झाडीमा मृत अवस्थामा फेला परेका छन् । 
प्युठानको ऐरावति गाउँपालिका-५ कालिमाटी बस्ने ४३ वर्षीय होम बहादुर पुनमगर सोही गाउँपालिका-५ स्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप