आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हवाई भाडा घटाउन सांसद बरालको सरकारलाई ध्यानाकर्षण

आइतबार, २१ असोज २०८०, १४ : १४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले पर्यटक बढाउन हवाई भाडा घटाउन सरकारको ध्यानकर्षण गराएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पर्यटन बढाउन हवाई भाडा घटाउन तथा पोखरा जाने सडक सुधार गर्न आग्रह गरेकी छिन् । 

उनले भनिन– ‘मनसुन बाहिरिएसँगै पर्यटकीय मौसम सुरु भएको छ, नेपालीहरुका लागि चाडपर्वको मौसम भित्रिएको छ । पर्यटक क्षेत्रमा आउने पर्यटकहरु ७० प्रतिशत भन्दा बढी पोखरालाई पहिलो गन्तब्य बनाएर आउने गर्छन तर ४ घण्टाका लागि अनुमानित गरेर थालिएको यात्रा करिब नौ–दश घण्टा लाग्ने अवस्था छ । यस्तै खालका सडकका समस्याहरु अन्य ठाउँमा पनि छन् ।’ 

उनले हवाई भाडा घटाउन र दशै तिहारका लागि सुरक्षित गन्तब्यका लागि सडक सुधारका लागि आग्रह गरेकी छिन् ।  सांसद बरालले भनिन– ‘आज पर्यटन क्षेत्रमा सरकारले १३ प्रतिशत भन्दा बढी हवाई टिकटमा बृद्धि गरेको छ । हवाई टिकटमा गरिएको मूल्यवृद्धिलाई तुरुन्तै फिर्ता लिनुपर्छ र पर्यटनलाई समृद्धिको आधार निर्माण गर्ने कुरालाई थप सचेत हुनुपर्छ ।  साथै सहज ढंगले चाडपर्व मनाउनका लागि सबै सडक सञ्जालहरुलाई सुरक्षित बनाउने र यातायातका साधनहरु प्रयोग गर्दाहरु सचेतता अपनाउनका लागि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइयोस् भन्ने ध्यानाकर्षण गराउँछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप