आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

जेठ अन्तिम साता महाधिवेशन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय

वैद्यको दस्तावेजमाथि एक दर्जन नेताको फरक मत
आइतबार, २१ असोज २०८०, १४ : ५३
आइतबार, २१ असोज २०८०

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले आगामी जेठ अन्तिम साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ । यही असोज १६ देखि २१ गतेसम्म बसेको आयोजक कमिटीको बैठक महाधिवेशन गर्ने निर्णय गरेको हो । 

महाधिवेशनको मिति र स्थान भने कार्यलयको बैठक बसेर पछि निर्णय गर्ने नेता सीपी गजुरेलले जानकारी दिए । ‘जेठको अन्तिम साता महाधिवेशन गर्ने गरी बैठक सकिएको छ’, उनले भने, ‘मिति र स्थानबारे निर्णय लिने जिम्मा कार्यलय बैठकलाई दिएको छ ।’

 बैठकमा अध्यक्ष मोहन बैद्यले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको थियो ।  देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने तथा सम्मेलनद्वारा निर्मित क्रान्तिकारी जनवादी संयुक्त मोर्चामार्फत जनसंघर्ष र प्रतिरोध संघर्षकोबीचबाट अस्थायी संयुक्त सरकार गठन गरिने बैद्यले पेस गरेको राजनीतिक दस्तावेजको बुँदा नम्बर ५ मा उल्लेख छ ।

‘सङ्घटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तात्कालिक राजनीतिक कार्यनीति हुनेछ’, उनको दस्ताबेजमा उल्लेख छ । 

 देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गरिने उनको भनाइ छ । तर अस्थायी  सरकार बनाएर जाने वैद्यको एक प्रस्तावमा भने अहिले यो उपयुक्त समय नभएको भन्दै केही सदस्यहरूले  फरक मत राखेका छन् । कार्यालयको तर्फबाट रामसिंह श्रेष्ठ, प्रेम सुवेदी, केबी गुरुङ लगायतले फरक मत राखेको हुन् ।

 हलबाट अन्य १०–१२ जनाले फरक मत राखेको एक सदस्यले जानकारी दिए । बैठकमा सीपी गजुरेल र धर्मेन्द्र बास्तोलाले बैद्यको प्रतिवेदनको समर्थन गरेका थिए । फरक मतलाई अर्को बैठकमा छलफल गर्ने गरि प्रतिवेदन बहुमतले परित भएको ती सदस्यले बताए । 

‘अस्थायी संयुक्त सरकार बनाउने विषयमा फरक मत आएको छ । महाधिवेशनबाट कार्यदिशा स्पष्ट भएपछि यस्ता कुरा आउनुपर्ने उनीहरूले मत राखेका थिए’, ती सदस्यले भने, ‘धेरैको धारणा विकल्प दिनुपर्नेमा छ । वैकल्पिक शक्ति नै सरकार भएकाले विकल्प दिनुपर्छ । जनताको माग क्रान्तिकारीहरूको सरकार बनाउने रहेको छ ।’

विकल्पका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा र जनसंविधान निर्माण तत्कालीन कार्यनीति हुने र भष्ट्राचार, मिटरब्याज, एमसीसी विरोधी शक्तिलाई समेटेर, न्यायालयमा भएको वेथिति र महंगीलाई कार्यनीतिको आधार बनाइएको छ । 

संगठन र संघर्ष सँगसँगै लैजाने, जबस मोर्चाको सम्मेलन महाधिवेशनपछि गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । 
यस्तै  बैद्यको प्रतिवेदनमा पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामान्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्न 

बैठकमा वैद्यले माओवादी केन्द्र दलाल पुँजीवादी  शक्तिको कित्तामा उभिएकाले कुनै सहकार्य र एकता नहुने पनि बताएका छन् । 
‘प्रचण्ड घोर दक्षिणपन्थी दलाल पुँजीवादी शक्तिको कित्तामा उभिएका छन् । उनीसँग तत्काल कुनै एकता र सहकार्य हुन सक्दैन । माओवादीसहित संसदवादी दलहरूबाहेक देशभक्त, क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र एकता बनाएर जान आवश्यक छ’, उनको भनाइ उदृत गर्दै ती नेताले भने । 

यसअघि ललितपुरस्थित मजदुरको कार्यालय कुपन्डोलमा १३ र १४ गते बसेको सचिवालय  बैठकले एकताको महाधिवेशन जेठमा गर्ने प्रस्ताव गरको थियो । २०७९ चैत २४ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग पार्टी एकता भएको थियो । २५३ सदस्य केन्द्रीय समितिमा वैद्य नेकपाको ६० प्रतिशत र बहुमत समूहको ४० प्रतिशत सदस्य रहेका छन् । नेकपामा अहिले ६७ जना पोलिटब्युरो र १९ जना केन्द्रीय कार्यालय (स्थायी) समिति सदस्य रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप