आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारका पछिल्ला गतिविधिले धेरै नेपालीको मन रुवाएको छ : राजेन्द्र पाण्डे

आइतबार, २१ असोज २०८०, १५ : २४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।  

अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उनको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे । उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए ।

उपाध्यक्ष पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिंगो संसद् एकताबद्ध हुनुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप