आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा ‘कलिउड नाइट’ : इन्दिरा जोशीको धमाकेदार प्रस्तुति

आइतबार, २१ असोज २०८०, १९ : १२
आइतबार, २१ असोज २०८०

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा शनिबार केसी डान्स सेन्टरद्वारा कलिवुड नाइट २०२३ कार्यक्रम आयोजना गरियो । कार्यक्रममा गायिका इन्दिरा जोशीसहित अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति दिए । 

गायिका जोशीले प्रारम्भमा देशभक्ति गीत तथा दोस्रो चरणमा नाच्ने शैलीको गीतहरु प्रस्तुति गरेकी थिइन्  । उनले आमा, माछी मार, उध्रेको चोली जस्ता गीतहरु प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको शुभारम्भमा कलाकार रिना केसी, विनाश अधिकारी सहितको सामूहिक प्रस्तुति काली दैत्य युद्धसहित दसैँको दुर्गा अम्बे स्तुति उत्कृष्ट रहेको थियो । 

कलिवुड नाइटमा सामूहिक रुपमा लोकदोहोरी झ्याउरेमा चमेली फूल मौरीमा हुल, आँखैमा गाजल तामाङ नृत्यको पनि  प्रस्तुति रहेको थियो । साथ,ै केसी डान्स सेन्टरका संस्थापक तथा सञ्चालक नविन केसी तथा लुना श्रेष्ठ सहितले पूर्णिमाले चन्द्र रोज्यो नामक् गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

साथै, सबै जातजातिलाई समेट्दै हिमाल, पहाड र तराईका विभिन्न जातजातिका विशेष गीतहरूमा अमेरिकामा जन्मेका र केसी डान्स सेन्टरमै सिक्दै गरेका किशोरीहरूको प्रस्तुति पनि रहेको थियो । 

कार्यक्रममा हास्यकलाकारहरु शिवहरि पौडेल, खेम शर्मा, अन्जु थापा तथा सम्झना खतिवडाको प्रहसन बेजोड थियो  ।

त्यस्तै, सामूहिक नृत्यमा दर्शन सलामलगायत गीतमा कलाकार राहुल केसी, अनिल केसी, दिपेन सुवेदी, रोमा भण्डारी, लुना श्रेष्ठलगायत ७ दर्जन भन्दा बढी कलाकारले दर्शकका मन जितेका थिए ।

कार्यक्रमको अन्त्यमा दसैँ तिहारमा देउसी भैलोको प्रस्तुति पनि देखाइएको थियो । मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी लगायतले मञ्चमै देउसी टोलीलाई आशीर्वाद दिएका थिए । 

३ घण्टासम्म चलेको उक्त कार्यक्रममा भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरेअनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप