आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाका मधेसीहरुले झिझिया कार्यक्रमकाे आयोजना गर्ने

आइतबार, २१ असोज २०८०, १९ : ४४
आइतबार, २१ असोज २०८०

काठमाडौँ । मधेसी एसोसिएशन इन अमेरिका (एमए) ले अमेरिकामा झिझिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।  

अमेरिकाको न्यूजर्सी राज्यमा पेनसलभनिया, न्यूयोर्कलगाएतका मधेसी समुदायले मिलेर आज झिझिया कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक सुवास साहले बताए ।

उनका अनुसार दसैँलाई लक्षित गरेर तराई मधेसका सबैभन्दा चर्चित नृत्य झिझिया कार्यक्रमको आयोजना गर्न लागिएको हो । अमेरिकामा यो कार्यक्रम पहिलो पटक भएको उनले दाबी गरे ।

एमएका वरिष्ठ उपाध्यक्ष मनोज सिंहका अनुसार  कार्यक्रममा सबै राज्यबाट मधेशीहरुको सहभागी रहने छन् । कार्यक्रमबाट अमेरिकामा रहेका मधेसी समुदाय निकै उत्साहित भएको उनले बताए ।

एमएका प्रवक्ता सुभाषकुमार बैठाका अनुसार  कार्यक्रम पहिलो पटक गर्न लागेकाले चुनौती भएपनि  सबैको साथ सहयोग प्राप्त भएपछि सम्भव भएको हो ।

अमेरिकामा रहे पनि आफ्नो देशको भाषा, संस्कृति र परम्परालाई जोगाई राख्न झिझिया लगायत अन्य कार्यक्रमहरुको आयोजना गरिएको उनले बताए ।

त्यसैगरी अध्यक्ष संगित रौनियारले यस्ता झिझिया, समा–चकेवा, दिपावली, छठ लगायत मधेसका पर्वहरू अब सामूहिक रूपमा मनाउने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप