आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हत्या अभियोगका फरार युवक ६ वर्षपछि पक्राउ

आइतबार, २१ असोज २०८०, २० : ४२
आइतबार, २१ असोज २०८०

सिरहा । हत्या अभियोगका फरार युवक ६ वर्षपछि पक्राउ परेका छन् । 

सिरहा प्रहरीले जिल्लाको मिर्चैया नगरपालिका १ का २७ वर्षीय नन्दा भन्ने उमेश उराउलाई पक्राउ गरेको हो । 

कर्जन्हा नगरपालिका १० का शशि भूषण प्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा उराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहको २०७४ असोज २३ गते आफ्नै घरमा  हत्या भएको प्रहरीले जनाएको छ । 

उराउलाई आइतबार मिर्चैया नगरपालिका १ घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप