आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढ्यो, चाँदीको कति ?

सोमबार, २२ असोज २०८०, ११ : १४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप