आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एउटै राष्ट्रमा पाँचपटक विश्वकपको सफल आयोजना

सोमबार, २२ असोज २०८०, ११ : ५७
सोमबार, २२ असोज २०८०

काठमाडौँ । बेलायतलाई क्रिकेटको जननी राष्ट्र भनिन्छ । सबैभन्दा बढी पटक आईसीसी एकदिवसीय विश्वकप आयोजना गर्ने राष्ट्र पनि इंग्ल्याण्ड नै हो । 

इंग्ल्याण्डले हालसम्म पाँचपटक एकदिवसीय विश्वकपको सफल आयोजना गरेको छ । विश्वकपको पहिलो संस्करण पनि सन् १९७५ मा इंग्ल्याण्डमै आयोजना भएको थियो । त्यसपछि सन् १९७९ मा दोस्रो र सन् १९८३ मा तेस्रो संस्करण पनि इंग्ल्याण्डले नै आयोजना गरेको थियो । 

सन् १९९९ मा पनि इंग्ल्याण्डले चौथोपटक विश्वकपको आयोजना गरेको थियो । त्यतिबेला इंग्ल्याण्डले आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र वेल्ससँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गरेको थियो । सन् २०१९ मा विश्वकपको १२औँ संस्करण इंग्ल्याण्ड र वेल्समा आयोजना भएको थियो ।

 क्रिकेटको जननी राष्ट्र भए पनि इंग्ल्याण्डले विश्वकपको उपाधि भने हालसम्म एक पटकमात्र जित्न सकेको छ । इंग्ल्याण्डले सन् २०१९ मा विश्वकप जितेको हो । त्यतिबेला इंग्ल्याण्डले फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप