इजरायलमा समस्यामा परेकाको उद्धार गर्न लोसपाको आग्रह
सोमबार, २२ असोज २०८०, १५ : ०१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले इजरायलमा समस्यामा परेको नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी सम्पर्कविहिन रहेका नेपाली नागरिकको खोजी गर्न तथा घाइतेहरुको उपचारसँगै इजाराइमा रहेका नागरिकको संरक्षण एवं उद्धार गर्न माग आग्रह गरेका हुन् ।
इजरायल र प्यालेस्टाइनबीचको सीमा क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ भने एक जना सम्पर्कविहीन छन् ।