आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

राजधानीकाे कान्तिपथमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, मोसो दलियो

सोमबार, २२ असोज २०८०, १५ : ५०
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले प्रसाईमाथि दुर्व्यवहार भएको पुष्टि गरे । सार्वजनिक एक भिडियोमा उनीमाथि मोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई मोसो दल्ने भनेर धम्की  दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई 'कालोमोसो' दल्ने भन्दै दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा 'कालोमोसो दस्ता'को केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप