आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते (तस्बिरहरु)

सोमबार, २२ असोज २०८०, १६ : १९
सोमबार, २२ असोज २०८०

काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो ।

सो क्रममा २५ जना घाइते भएको बताइएको छ । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले प्रदर्शन गर्दै आएका छन् । कर्मचारीहरुले सोमबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

karmachari (1)karmachari (2)karmachari (3)karmachari (4)karmachari (5)karmachari (6)karmachari (7)karmachari (8)karmachari (9)karmachari (10)karmachari (11)karmachari (12)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप