जनार्दन शर्माको आग्रह : इजरायलमा फसेका नेपालीहरुलाई नेपाल ल्याउन थप पहल गरियोस्
सोमबार, २२ असोज २०८०, १६ : २१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले इजरायलमा संकटमा फसेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउन थप पहल गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री समेत रहका नेता शर्माले इजरायलमा वेपत्ता भएकाहरुको खोजी र घाइतेहरुको शीघ्र उपचारका लागि पहल गर्न सरकारसँग माग गरे ।
‘इजरायलले युद्धको घोषणा भैसकेपछि नेपाल आउन चाहेका नेपालीहरु जो संकटमा रहेका छन् । ती सबै नेपाली नागरिकहरुलाई नेपाल ल्याउन सरकारले थप विशेष पहल गरोस् भनेर सरकारसँग माग पनि गर्न चाहान्छु’, शर्माले भने, ‘अप्ठेरो र कठिन रुपमा जीवन बिताइरहेकाहरुलाई कुटनीतिक पहलमार्फत सम्पर्कमा ल्याओस्, मृतकको शव नेपाल ल्याओस् । जहाँ युद्ध भइरहेको छ, त्यहाँ नेपालका तर्फबाट शान्ति स्थापना पहल गरोस भन्न चाहान्छु ।’