आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुर्व्यवहार

एमाले निकट युवा संघको अगुवाइमा दुर्गा प्रसाईंलाई मोसो दलियो

सोमबार, २२ असोज २०८०, १६ : ४४
सोमबार, २२ असोज २०८०

काठमाडौँ । एमाले निकट युवासंघको अगुवाइमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मोसो दलिएको खुलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघको एक समूहले मोसो दलेको हो । 

सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो । युवा संघका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईलाई मोसो दल्ने कार्यमा युवा संघको संलग्नता रहेको स्वीकार गरे । 

‘स्वतन्त्र युवाहरु दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध उत्रिएका रहेछन् । हाम्रा साथीहरु पनि त्यही हुनुहुँदो रहेछ, स्वतन्त्र युवाहरुको अभियानलाई राम्रो लागेर हाम्रो साथीहरुले पनि सहयोग गर्नुभएको हो’, उनले रातोपाटीसँग भने ।  स्वतन्त्र युवाहरुको अभियानलाई मन परेपछि युवा संघका कार्यकर्ताहरुले कार्यमा सहयोग गरेको उनको भनाइ छ । 

राष्ट्रकै अहित हुने र समाजमा विग्रह ल्याउने कार्यमा प्रसाई संलग्न भएको दाबी गर्दै उनले स्वतन्त्र युवाहरुलाई युवासंघले सहयोग गरेर ठीक गरेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप