आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल तनाव : रवि लामिछानेले गरे राजदूत र नेपाली विद्यार्थीहरूसँग छलफल

सोमबार, २२ असोज २०८०, १७ : ३१
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इजरायलस्थित नेपाली राजदूत कान्ता अर्यालसँग छलफल गरेका छन् । सभापति लामिछानेले सोमबार इजरायलमा रहेका विद्यार्थी, नेपाली संस्थाका प्रतिनिधि र राजदूत अर्यालसँग छलफल गरेका हुन् ।

छलफलमा इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा अवस्था, उद्धारका लागि भइरहेका प्रयास र सुरक्षित व्यवस्थापनबारे कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

छलफलमा राजदूत अर्यालले द्वन्द्वग्रस्त क्षेत्रमा रहेकालाई सुरक्षित ठाउँमा ल्याउन थालिएको भन्दै संयम अपनाउन आग्रह गरेका थिए । सभापति लामिछानेले द्वन्द्वको संवेदनशीलता बुझेर कदम चाल्न त्यहाँ रहेका नेपाली र दूतावासलाई अनुरोध गरेका छन्। 

द्वन्द्वग्रस्त क्षेत्रमा बंकरभित्र बसिरहेका विद्यार्थीले भने तीन दिन बित्दा समेत उद्धारको प्रयास नगरिएको गुनासो गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप