आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्यान्टनरको रेकर्डमा न्युजिल्याण्डको लगातार दोस्रो जित

सोमबार, २२ असोज २०८०, २२ : ३९
सोमबार, २२ असोज २०८०

हैदराबाद । न्यूजिल्याण्डले विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । किवी टोलीले नेदरल्याण्ड्सलाई ९९ रनले पराजित गरेको छ । यो जितपछि टोली ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।  ओपनर विल योङले ७० रन, रचिन रविन्द्रले ५१ रन र टम लाथमले ५३ रनमा अर्धशतक बनाए भने डेरिल मिचेलले ४८ रन बनाए । नेदरल्याण्ड्सका लागि  आर्यन दत्त, पल भान मिकेरेन र रोएलफ भान डर मर्वेले समान २–२ विकेट लिए ।

जवाफी इनिङ्समा नेदरल्याण्ड्सको टोली ४६.३ ओभरमा २ सय २३ रनमा अलआउट भयो । नेदरल्यान्ड्स विरुद्ध बायाँ हाते स्पिनर मिचेल स्यान्टनरले ५९ रन दिएर ५ विकेट लिए । 

उनी विश्वकपमा ५ विकेट लिने न्यूजिल्याण्डका   पहिलो स्पिनर बनेका छन् । यसअघि ड्यानियल भेटोरीले सन् २००७ मा आयरल्याण्ड र २०१५ मा अफगानिस्तानविरुद्ध ४–४ विकेट लिएका थिए । फास्ट बलर मध्ये टिम साउथीको नाममा इंग्ल्याण्ड विरुद्ध ३३ रनमा ७ विकेट लिने कीर्तिमान छ ।

स्यान्टनरले रायन क्लाइन (८ रन), रोलोफ भान डर मर्वे (एक रन), कप्तान स्कट एडवर्ड्स (३० रन), कोलिन एकरम्यान (६९ रन), म्याक्स ओडाउड (१६ रन) को विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप