आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

मङ्गलबार, २३ असोज २०८०, ०७ : ०६
मङ्गलबार, २३ असोज २०८०

झापा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्तकार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो । 

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।   

कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए ।  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रधान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप