काठमाडौँ । दसैँ, तिहार, छटपर्वको आगमनसँगै देशको प्रमुख व्यापारिक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ । कपडाको साना देखि ठुलासम्म होलसेल पसल रहेको सो क्षेत्रमा देशका विभिन्न भागका व्यापारीहरू सामान लिन आउने गर्दछन् । झन् चाडपर्वको समयमा सो क्षेत्रमा किनमेलका लागि अन्य मानिसहरूको समेत भिड लाग्ने गर्दछ ।
व्यापारीको सामान एक ठाउँबाट अर्को ठाउँ बोकेर पुर्याउने भरियाहरू पनि यति बेला निकै व्यस्त देखिन्छ । अन्य समयको तुलनामा दसैँ तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् ।
लगभग २० वर्षदेखि महाबौद्ध क्षेत्रमा ठेलामा सामान बोक्ने रामेछाप घर भएका वासु श्रेष्ठले वीरगन्जबाट आएको ३ वटा ट्रकको सामान बोकी सकेका छन् । अन्य दिनमा दिनको १०००, १५०० कमाई गर्ने उनले यस समयमा भने २००० देखि २५०० सम्म कमाई हुने बताए । त्यस्तै विगत २० वर्ष देखि महाबौद्ध क्षेत्रमा भारी बोक्दै आएका नरबहादुर श्रेष्ठको भने फरक अनुभव रहेको छ । पहिलेको तुलनामा तीन भागको एक भाग पनि काम नभएको उनी बताउँछन् ।
ठुला व्यापारीहरूले सामान झार्ने गरेको र साना साना व्यापारीहरूले सामान झार्न नसकेका कारण काम नभएको उनका भनाई छ । तर कमाई भने अन्य दिनको तुलनामा केहि सुधार भएको उनी बताउँछन् ।
दोलखा सिंगठीका कृष्ण बहादुर कार्कीको पनि नरबहादुर कै जस्तो अनुभव छ । व्यापारीहरूले अटो रिक्सा, पठाओ जस्ता साधानहरुको प्रयोग परि सामान ढुवानी गर्न थालेकाले कमाई खासै नभएको उनी बताउँछन् ।
प्रतिक्रिया