आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले गर्‍यो सूचना तथा प्रविधिका लागि दरखास्त आह्वान

मङ्गलबार, २३ असोज २०८०, ११ : २९
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सूचना र प्रविधिको क्षेत्रमा पार्टीलाई सहयोग गर्न चाहने सदस्यबाट दरखास्त आह्वान गरेको छ ।

सूचना तथा प्रविधि विभागले पार्टीलाई प्रविधियुक्त बनाउने उद्देश्यले दरखास्त आह्वान गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सो दरखास्त पार्टीका सदस्यले मात्र भर्न पाउँछन्’, उनले भने, पार्टीमै दक्ष व्यक्ति छन् त्यसलाई जिम्मेवारी दिएर काम लगाउनेछ ।’

त्यसबापत दिइने तलबबारे खुलाइएको छैन । तर सो क्षेत्रमा दक्षता भएकाहरूबाट प्रविधिमार्फत व्यापक नेटवर्क स्थापित गरी पार्टी परिचालन गर्ने तयार भइरहेको उनले बताए ।

फर्म भर्नका लागि देशैभरका पार्टी कमिटीलाई भनिएको छ । तर दरखास्त भर्नका लागि पार्टीका केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्य वा जिल्ला समिति सदस्यले सिफारिस गरेको हुनुपर्ने छ ।

दरखास्त अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पार्टीको वेबसाइटमा अनलाइन फर्म राखिएको छ । जसअनुसार फर्म भर्न १५ दिनको समय दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप