आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षामा मौलाइरहेको विकृति चित्रण गर्ने नाटक ‘कालो अक्षर, रातो अक्षर’

मङ्गलबार, २३ असोज २०८०, ११ : ४८
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । अनेरास्ववियुले शिक्षा क्षेत्रमा देखिएको विकृति विसङ्गतिलाई चित्रण गर्ने नाटक मञ्चन भइरहेको छ । काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘कालो अक्षर, रातो अक्षर’ को मञ्चन असोज १७ गते चलिरहेको हो ।

नाटकमा शिक्षा प्रणालीमा भइरहेको विकृति, विद्यार्थी आन्दोलनले पारेको प्रभाव, शिक्षा क्षेत्रको व्यापारीकरण लगायतका विषय समेटिएको छ । राजनीतिक नेतृत्व कुनै व्यापारीको प्रभावमा परेको खण्डमा आन्दोलन कसरी प्रभावित हुन्छ भन्ने विषय समेत नाटकमा देखाइएको छ ।

युवा विद्यार्थी बिदेसिनुको बाध्यता समेत नाटकमा देखाइएको छ । नाटकमार्फत अहिलेको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रम बजारमा विद्यार्थी बनेर बिदेसिनुपर्ने युवाको बाध्यता, विद्यार्थी आन्दोलन भित्रका समस्या, युवाको विद्रोहलगायतका विषय समेत देखाइएको छ ।

मुलुकको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको अनेरास्ववियुले विद्यार्थीहरूको हक हित एवं समग्र शैक्षिक क्षेत्रका बेथितिका विरुद्धमा आवाज उठाउँदै आएइको छ । विद्यार्थी आन्दोलनलाई रचनात्मक ढङ्गबाट अगाडि बढाउने उद्देश्यले शैक्षिक विभेद विरुद्ध नाटक मञ्चन गरिएको लेखक आर के रोमसले बताए ।

नाटक आजको राज्य सत्ता र प्रणालीलाई बारम्बार प्रश्न गर्ने खालको रहेको बताए । अब सडक आन्दोलन, नारा जुलुसले नहुने भन्दै शैक्षिक विकृति अन्त्यका लागि रचनात्मक आन्दोलनमा लागिएको उनको भनाई छ ।

नाटकमा कलाकार दिनेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने, बालकृष्ण रिजाल, योगिन राई, रेनुनाथ योगी, सञ्जीव राई, सङ्गीता थापा, सुजैन सिलवाल र सुदीप खतिवडाको अभिनय छ । आर के रोमसले लेखेको नाटकको परिकल्पना समिक बडाल र निर्देशन दिलीप खड्काको रहेको छ । नाटक असोज १७ गतेदेखि २७ गतेसम्म नाटक मञ्चन भइरहेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप