आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विमानस्थलमा खेलाडीको भव्य स्वागत,  विशेष स्कर्टिङसहित राखेप लगियो (तस्बिरहरु)
एसियाली खेलकुद

विमानस्थलमा खेलाडीको भव्य स्वागत,  विशेष स्कर्टिङसहित राखेप लगियो (तस्बिरहरु)

मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई सोमबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मीलगायतले स्वागत गरेका हुन् । 

विमानस्थलमा स्वागत गरेपछि खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो । 

मंगलबार नगर परिक्रमा गराइने कार्यक्रम रहेपनि इजरायलमा १० नेपालीको मृत्युका कारण घोषणा गरिएको राष्ट्रिय शोकका कारण स्थगित गरेर राखेपमा सम्मान कार्यक्रम मात्रै राखिएका ेहो । 

१९औँ एसियाली खेलकुद प्रतियोगितामा कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।

यसैगरी १९औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।

तस्बिरहरु : कृष्ण खड्का

welcome (1)welcome (2)welcome (3)welcome (4)welcome (5)welcome (6)welcome (7)welcome (8)welcome (9)welcome (10)

welcome (11)एजेन्सीका थप तस्बिर :

photo-01photo-02photo-03photo-04photo-05photo-06photo-07photo-08photo-09photo-10

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया