आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपका सफल कप्तान क्लाइभ लोयड र रिकी पोन्टिङ

मङ्गलबार, २३ असोज २०८०, १४ : ०४
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा दुईजना खेलाडीलाई सफल कप्तानका रूपमा हेर्ने गरिन्छ । यी दुई खेलाडीले आफ्नो राष्ट्रलाई कप्तानका रूपमा दुई—दुई पटक विश्वकपको उपाधि चुमाएका थिए । 

क्यारेबियन टोली वेस्ट इन्डिजका क्लाइभ लोयडले कप्तानका रूपमा वेस्ट इन्डिजलाई दुई पटक विश्वकप जिताएका थिए । उनको कप्तानीमा वेस्ट इन्डिजले सन् १९७५ मा पहिलो र सन् १९७९ मा दोस्रो संस्करणको उपाधि जितेको थियो । उनी कप्तानका रूपमा दुईपटक विश्वकपको उपाधि जित्ने पहिलो कप्तान पनि हुन् । 

यसका अतिरिक्त रिकी पोन्टिङले पनि कप्तानका रूपमा अस्ट्रेलियालाई दुईपटक विश्वकपको उपाधि चुमाएका थिए । पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले सन् २००३ र सन् २००७ मा विश्वकपको उपाधि उचालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप