आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ

मङ्गलबार, २३ असोज २०८०, १६ : ३६
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो । 

त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको रेग्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप