आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरु

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरु

मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् ।  

हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार  र स्वदेश फर्काउन पहल गरिरहेको छ । 

यस्तै कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले इजरायल युद्धमा फसेका नेपालीहरुको उद्धारका लागि सरकारलाई दबाब एवं खबरदारी कार्यक्रम गरेका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया