आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमै बस्नेभन्दा फर्कन चाहने नेपालीको संख्या बढी

मङ्गलबार, २३ असोज २०८०, २१ : ०८
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । इजरायलमै बस्नेभन्दा फर्कन चाहने नेपालीको संख्या बढी पाइएको छ । सरकारले नेपाल फर्किन तथा उद्धार हुन चाहनेका लागि अनलाइन रजिष्ट्रेशनमार्फत विवरण माग गरेको थियो ।

इजरायलमै बस्नेभन्दा फर्कन चाहनेको विवरण बढी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरुले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । जसमा २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।  

इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप