अमेरिकाबाट फर्किए उपेन्द्र यादव
मङ्गलबार, २३ असोज २०८०, २१ : ३३
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । उनी मंगलबार १२ दिनपछि नेपाल फर्किएका हुन् ।
अध्यक्ष यादव असोज १२ गते एशोसिएसन अफ नेपाली तराईइन अमेरिका (एन्टा) को सातौँ अधिवेशनमा सहभागी हुन उनी अमेरिका गएका थिए ।
उनी अन्टाको कार्यक्रममा सहभागी हुनुको साथै त्यहाँका संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भए । यस्तै केही ठाउँको अवलोकन भ्रमण गर्नुका साथै उनले उच्च स्तरीय भेटघाट पनि गरेका थिए ।
उनले अमेरिकामा रहेका नेपालीहरु नेपालको राजनीतिक अवस्था र संघीय गणतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा चिन्तित रहेको आफूले पाएको बताए ।
अध्यक्ष यादवले अमेरिकाको भ्रमणमा जानुभन्दा पहिले भारतको भ्रमण गरेका थिए ।