आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

जैशीलाई एमाले सुदूरपश्चिमको अध्यक्ष बनाउने गरी सहमतिको खाका प्रस्ताव*

मङ्गलबार, २३ असोज २०८०, २१ : ३९
मङ्गलबार, २३ असोज २०८०

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा कृष्ण प्रसाद जैशीलाई चयन गर्नेगरी सहमतिको खाका प्रस्ताव गरिएको छ ।  निर्वाचनको कार्यक्रम अघि बढे पनि जैशीको अध्यक्षतामा प्रदेश नेतृत्व चयन गर्नेगरी मंगलबार सहमतिको खाका प्रस्ताव गरिएको हो । 

नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाका अनुसार जैशीको अध्यक्षतामा प्रदेश समितिको खाका तयार भएको छ ।  

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका  सचिव धर्मराज पाठकले जैशी अध्यक्षमा सहमतिको खाका बनेको र बुधबार प्रक्रिया मिलाएर घोषणा हुने दाबी गरे । उनका अनुसार अन्य पदाधिकारीमा पनि समेत सहमति जुटिसकेको छ ।  

यसअघि अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो । अध्यक्ष पदमा कृष्ण प्रसाद जैशी,  कमल तिमिल्सेना, बच्चन सिंह र हरि साउदले उम्मेदवारी दिएका थिए । त्यस्तै, ५ पदाधिकारीको लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि प्रकाशित समाचारमा अन्यथा भएकाले क्षमायाचनासहित संशोधन गरिएको छ-सं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप