आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक

बुधबार, २४ असोज २०८०, १० : ४१
बुधबार, २४ असोज २०८०

काठमाडौं । डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति भएको बताइएको छ ।
लेखक भन्छन्, ‘जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो— विवाह । भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नु जस्तै हो । विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी । र सहयात्रामा घरगृहस्थी अघि बढ्नु ।’

विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, ‘विवाहअगाडि विवाहपछाडि’ । ‘यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,’ डा. अधिकारीले भने । यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण गर्ने उनको विश्वास छ ।  

विशेषगरी डा. राजु अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवन यापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन् । यो पुस्तकमा भने उनले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप