आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी

बुधबार, २४ असोज २०८०, १२ : ५२
बुधबार, २४ असोज २०८०

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी राखेको छ। 

दूतावासले आक्रमण पछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरूमा खोजी गरिरहेको छ। 

दूतावासले बुधवार परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप