आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले तोक्यो राष्ट्रिय समितिका इन्चार्ज

बुधबार, २४ असोज २०८०, १४ : १६
बुधबार, २४ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश समिति मातहतका चारवटा राष्ट्रिय समितिमा इन्चार्ज तोकेको छ । तीन महिने पार्टी संगठन सुदृढीकरण अभियान सफल बनाउन प्रदेश समिति मातहतका लिम्बुवान, किराँत, मधेस र शेर्पालुङ राष्ट्रिय समितिमा इन्चार्ज तोकिएको सो प्रदेशका अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

लिम्बुवानमा केन्द्रीय उपाध्यक्ष प्रेम वनेम, किराँतमा उपाध्यक्ष दिपेश राई, मधेशमा सचिव अनिल ठाकुर र शेर्पालुङमा प्रदेश सदस्य आङछेपाल शेर्पालाई इन्चार्ज तोक्ने निर्णय गरिएको उनले बताए । 

जसपा विधानको धारा ४४ को ३ अन्तर्गत प्रदेशभित्रका राष्ट्रिय समितिहरुको परिचालन गर्ने अधिकार प्रदेश समितिलाई दिइएको छ । त्यस्तै विधानको धारा ९९ को उपदफा ५ को (क) मा पार्टी समितिहरुले मातहतका समिति तथा जनवर्गीय संगठनहरुमा इन्चार्ज र सहइन्चार्ज खटाउने उल्लेख छ ।

सोही बैठकले इटहरीस्थित जसपा प्रदेश पार्टी कार्यालयको सचिवमा फिपराज बेघालाई नियुक्त गर्ने निर्णय भएको समेत मुख्य सचिव घनश्याम कटुवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप