आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुस् जनकपुरमा एमाले मधेस प्रदेश अधिवेशन

तस्बिरमा हेर्नुस् जनकपुरमा एमाले मधेस प्रदेश अधिवेशन

बुधबार, २४ असोज २०८०

जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा बुधबार उद्घाटन गरेको अधिवेशन दुईदिन सम्म चल्नेछ । 

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र परिसरमा सुरु भएको अधिवेशनमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् । 

अधिवेशन स्थलमा सात हजार मानिस अट्ने पण्डाल बनाइएको छ । पण्डाल भित्र नेताकार्यकर्ता र अधिवेशन प्रतिनिधि बस्नका लागि कुर्सी राखिएको छ । अधिवेशनमा मधेस प्रदेशका आठ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी छन् । 

अधिवेशनले एक हजार २ सय ३५ जना पदाधिकारीसहित नयाँ प्रदेश कमिटी चयन गर्नेछ । एमाले मधेस प्रदेशको अध्यक्षका लागि राजनारायण साह, चन्देश्वर मण्डल, लक्ष्मीनारायण यादव, बिचारी यादवलगयतले अकांक्षा देखाएका छन् । 

एमालेले अधिवेशन व्यवस्थापनका लागि एक सय ५ जना स्यमंसेवक परिचालन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया