आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी कार्य जारी

बुधबार, २४ असोज २०८०, १७ : १२
बुधबार, २४ असोज २०८०

काठमाडाैँ । इजरायलमा सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उनको खोजीका लागि सक्रिय रहेको बताइन् । 

‘हामीले हाम्रा सम्पूर्ण संयन्त्र, इजरायल सरकार समेत गम्भीर भएर लागेका छौँ । उहाँको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको छ ।’ उनले भनिन् । 

इजरायल र गाजा बीचको युद्धका क्रममा जोशी शनिवारदेखि नै सम्पर्कविहीन बनेका छन् । उनको खोजीका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, इजरायलस्थित नेपाली दूतावास, इजरायलका विभिन्न संयन्त्र समेत परिचालन गरेर समेत परिचालन भइरहेको उनको भनाई छ । 

विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको समेत तथ्याङ्क सङ्कलन गरेर सोही आधारमा समेत उनको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप