आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ: सभापति लामिछाने

बुधबार, २४ असोज २०८०, १७ : १६
बुधबार, २४ असोज २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्ने बताएका छन् । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार नीतिगत र अनीतिगत भन्ने नहुने बताएका हुन् । 

उनले भ्रष्टाचार भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै लेप लाग्नु नहुने जिकिर गरे । उनले भने, ‘मन्त्रिपरिषद्का निर्णय पनि अख्तियारले हेर्नु पाउनुपर्छ भन्ने हाम्रो पार्टीको मेरो लाइन हो । नीतिगत, योगत उगत भन्ने होइन । भ्रष्टाचार पनि नीतिगत र अनीतिगत भन्ने हुन्छ ? भ्रष्टाचार भ्रष्टाचार मात्रै हुन्छ । कुनै लेप लाग्नु हुँदैन । हेर्नु हुँदैन भन्ने होइन । गलत चिज कुनै पनि छ भने हेर्नुपर्छ । जहिलेको पनि हेर्नुपर्छ । यो हाम्रो दलको कुरा हो ।’

सभापति लामिछानेले वाइडबडी खरिद प्रकरण, नेपाल ट्रष्ट, ओम्नी, यति लगायतका प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप