आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल तनाव

नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने

बुधबार, २४ असोज २०८०, १७ : ४०
बुधबार, २४ असोज २०८०

काठमाडौँ । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् ।

त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले जानकारी दिए । 

त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप