फोटोफिचर
पाटन दरबार स्क्वायरमा प्रहरीकाे सांगीतिक प्रस्तुति (तस्बिरहरू)
बुधबार, २४ असोज २०८०, १७ : ५३
काठमाडौँ । नेपाल प्रहरीले सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरेको छ । बुधवार ६८ औ प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा प्रहरी सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरीका जवानहरूले विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सांंगितिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रहरीका अधिकृतहरू, जवान र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।